बिहिबार, बैशाख २०, २०८१

बिहीबार एकै दिन ३ सय ३४ जनामा कोभिड संक्रमण, संक्रमितको सख्या २ हजार ६ सय ३४ पुग्यो

काठमाडौं जेठ २२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार एकै दिन ३ सय ३४ जनामा संक्रमण देखिएको र यो सख्या हालसम्मकै उच्च् रहेको जानकारी दिनु भएको छ । यससँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको जानकारी दिदै प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५० जना पुरुस र १ सय ८४ जना महिला गरी २६३४ जनामा संक्रमण देखिएको बताउनुभयो ।

त्यस्तै संकमणका कारण नेपालमा पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गर्दै उहाले मृतक केही समयअघि भारतवाट फर्केर क्वारेन्टिनमा बसेको जानकारी दिएका छन । त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकको विभिन्न भागमा ३ सय १९ जना पुरुष र १५ जना महिला गरि ३ सय ३४ रहेको बताउनुभयो ।

त्यस्तै कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण गरिएको जानकारीदिदै पछिल्लो समय उपचार पछि डिस्चार्ज हुनेको सख्या २ सय ९० जना रहेको जानारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।