शुक्रबार, चैत्र १६, २०८०

कोभिड संकमणका कारण नेपालमा थप एकको मृत्युसंगै मृतकको सख्या १० पुग्यो

काठमाडौं जेठ २२,  कोभिड संकमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएसंगै मृतकको सख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको पाल्पास्थित मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिनअघि मृत्यु भएको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै मन्त्तालयले बिहीबार एकै दिन अहिलेसम्मकै बढी संख्या अर्थात ३ सय ३४ जनामा कोभिड संक्रमण देखिएको योसंगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको जनएको छ । आज संक्रमण भएका व्यक्तिहरुमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।