बिहिबार, बैशाख २०, २०८१

बलिउड अभिनेता इरफान खानको निधन

समाचार एजेन्सी बैशाख १७ , बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको उपचारको क्रममा ५४ वर्षको उमेरमा खानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन् । इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।