शनिबार, बैशाख ८, २०८१

लकडाउनका वीचपनि औषधि बजारमा सामान्य दिनमा जस्तै भिडभाड

औषधि सवैको लागि सधैको लागि अत्याआवश्यक सेवा हो । यसमा कसैको दुइमत हुन सक्दैन र छैन पनि । तर सेवा प्राप्त गर्ने नाममा कोभिड- १९ संक्रमणको बढदो उच्च जोखिमका वीच पनि सामान्य सावधानी समेतको ख्याल नगरि सामान्य दिनमा जस्तो भिडभाड गर्नु किमार्थ राम्रो पक्ष होइन भन्ने तर्फ वेलैमा सचेत हुन आवश्यक रहेको देखिन्छ ।

काठमाडौं बैशाख १७ ,  विश्वव्यवापी कोभिड संक्रमणको जोखिम न्यूनिकरण संगै संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन आदेशको आज ३७औं दिने पुगेका छ ।  यसवीचमा जारी लकडाउन र यसको कार्यान्वयनमा अवज्ञा गर्ने प्रवृति बढेसंगै सोमवार गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिदै सवारी साधन आवतजावतमा रोक लगाउदै लकडाउनको अवज्ञाको श्रृखलामा रोक लगाउन भनेको छ ।

तर औषधि हवको रुपमा चिनिएको राजधानीको क्षेत्रपाटी बजारमा अन्य सामान्य दिनको तुलनामा भन्दा अत्याधिक भिडभाड बढ्दो रहेको  पाइन्छ ।  यस विषयमा   जिज्ञासा राख्दा अत्याआवश्यक सेवा भएका कारण औषधि खरिद विक्रीका लागि भिडभाड भएको बताउँदै  नेपाल औषधि थोक व्यवसायी संघका कोषाध्यक्ष समेत रहेका औषधि व्यवसायी शिव घिमिरेले भने- सामान्य दिनमा पसल पसलमा औषधि पुर्याइन्थ्यो । तर आज भोली सवै जना औषधि नपाइएला भन्ने मनोविज्ञानबाट अभिप्रेरित हुँदै औषधि खरिद विक्रीका लागि यहिँ आउने गरेको बताए । साथै व्यसायी घिमिरेले यसलाइ अर्नथ नसोच्न आग्रह गर्दै भने अत्याआवश्यक सेवा हो के गर्नु भन्ने अभिव्यक्ति प्रकट गरे ।

यद्यपी औषधि सवैको लागि सधैको लागि अत्याआवश्यक सेवा हो । यसमा कसैको दुइमत हुन सक्दैन र छैन पनि । तर सेवा प्राप्त गर्ने नाममा कोभिड १९ संक्रमणको बढदो उच्च जोखिमका वीच पनि सामान्य सावधानी समेतको ख्याल नगरि सामान्य दिनमा जस्तो भिडभाड गर्नु किमार्थ राम्रो पक्ष होइन भन्ने तर्फ वेलैमा सचेत हुन आवश्यक रहेको देखिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।