बिहिबार, बैशाख २०, २०८१

सत्ता र शक्ति उन्मादमा सरकारले ल्याएको अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना : काँग्रेस

सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने ,सबै राजनैतिक दल, संघसंस्था, नागरिक समाज, आम संचारका माध्यम र समस्त नेपालीलाई यसका विरुद्ध उभिन अपील 

काठमाडौं बैशाख ९, कोभिड संक्रमण्को महामारी फैलिरहेका बेला सरकारको तर्फबाट बेमौसमी बाँजाको प्रारुपमा जारी गरिएको सत्ताको उन्माद भएको बताउँदै आएको प्रतिपक्षीदल नेपाली काँग्रेसले सरकारले जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेसको पदाधिकारीको बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता लिन माग गर्दै  सरकाले सत्ता र शक्ति उन्मादका कारण संविधानको मर्मविपरित जारी गरेका अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

त्यस्तै बैठकले एकातर्फ जनता लक डाउनमा कष्टकर स्थितिमा छन्, स्वास्थकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढंगले कोरोनासंग जुधिरहेका छन्, यस्तो बेला युद्धस्तरमा सरकारले कार्य गर्नुपर्नेमा लोकतान्त्रिक संविधानलाई असफल बनाउने कम्युनिष्ट सरकारको नियोजित षड्यन्त्र भएको निष्कर्ष सहित काँग्रेसले सबै राजनैतिक दल, संघसंस्था, नागरिक समाज, आम संचारका माध्यम र समस्त नेपालीलाई यसका विरुद्ध उभिन अपील गरेको छ ।

साथै काँग्रेसले सरकारले ल्याएका राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश विरुद्ध आन्दोलित मानसिकताको अभिव्यक्ति सहित प्रस्तुत अध्यादेश लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिंद} लकडाउनका कारण सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने निर्णय समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।