शनिबार, बैशाख ८, २०८१

महानगरको वडा न १७ लाइ पिडानले दियो थर्मल गन

काठमाडौं बैशाख ९,    विश्वव्यापी कोभिड- १९को बढ्दो जोखिका वीच सेवाग्राहीको अत्याधिक भिड हुने स्थानीय निकाय अन्र्तगत काठमाडौं महानगरपालिका वडा न .१७ लाइ नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिले आज थर्मलगन सहयोग हस्तान्तरण गरेको छ ।

कोभिड संक्रमणको एक प्रमुख लक्षण् उच्च तापक्रम अर्थात ज्वरो मापन गर्ने थर्मलगन संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले संघको सामाजीक दायित्व अन्र्तगत अनौपचारि कार्यक्रमकावीच वडाध्यक्ष नविन मान्नधरलाइ हस्तान्तरण गर्नु भएको हो ।

वडा समितिलाइ हस्तान्तरण गरिएको थर्मलगन स्वीकार गर्दै वडाध्यक्ष माननधरले संक्रमणको विष घडिमा संघको तर्फबाट प्राप्त  सहयोगको लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस अवसरमा संघका महासचिव गणेश नेपाल लगायत वडा समितिका पदाधिकारीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।View Post