आइतवार, बैशाख २३, २०८१

अग्रवाललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासनको अनुमति

काठमाडौ बैशाख ७ , विश्वव्यावपी कोभिड महामारी जोखिम बढ्दो समयमा ५ हजार रुपैयाँ मुल्य पर्ने थर्मल गन १५ हजारमा विक्री गर्दै दिन दुइ गुणा रात चौगुणाको रफ्तारमा कालोबजारी गरेको अभियोगमा गत चैत २५ गते पक्राउ परेका मुनाफाखोर सुलभ अग्रवाललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौले आज प्रहरीलाई अनुमति दिएको छ।

अग्रवाललाई यसअघि जिल्ला प्रशासनले पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिन थुनामा राख्न अनुमति दिएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले आज अग्रवाललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउदै कालोबजारी ऐन २०३२ अनुसार कारवाही अन्र्तगत अनुसन्धान कार्य बाँकी रहेको भन्दै प्रहरीले समय मागेपछि थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिइएको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।