शुक्रबार, चैत्र १६, २०८०

परिवार दलको तफर्बाट पत्रकार महासंघलाइ २ हजार थान मास्क

सञ्चारजगत प्रति सरकार उदासिन  अध्यक्ष  :  आचार्य

पत्रकारिता जगतले जोखिम मोलेर निर्वाह गर्दै आएको भूमिका प्रशसनीय :  अध्यक्ष ढकाल

काठमाडौं वैशाख ७,  नेपाल परिवार दलले विश्वव्यावपी कोभिड-  १९को बढ्दो जोखिमसंगै जनताको सूचना र समाचारका लागि फ्रन्टलाइनमा क्रियाशील संञ्चार जगतको साझा संस्था नेपाल पत्रकार महासंघलाइ दुइ हजार थान मास्क प्रदान गर्नु भएको छ ।  पूर्व मन्त्री समेत रहेका  दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यलाइ महासंघ मुख्यालयमा मास्क हस्तान्तरण गर्नु भएको हो ।

यसअघि परिवार दलले गत बैशाख २ गते कोभिड(१९ युनिफाइड कमाण्ड हस्पिटललाई ५ हजार थान मास्क प्रदान गरेको थियो । हाल संसदमा प्रतिनिधित्व नभयपनि परिवार दल देशमा आइपर्ने हरेक संकटको सामनामा अग्रपंतिमा देखिदै आएको छ ।

त्यस अवसरमा अध्यक्ष ढकालले कोभिड संक्रमण  न्यूनिकरणका लागि फ्रन्टलाइनमा क्रियाशील स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संगै पत्रकारिता जगतले जोखिम मोलेर निर्वाह गर्दै आएको भूमिका प्रशसनीय रहेको बताउँदै संकटको घडीमा एकआपसमा सहयोग र सहकार्यर सदभाब सहितको प्रेमनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

 त्यस्तै महासंघ अध्यक्ष अध्यक्ष आचार्यले मुलुकको विष्म अवस्थका पनि फिल्डमा खटिने पत्रकारको चिन्ता गर्दै सहयोग गर्नु भएकोमा अध्यक्ष ढकाल सहित सिङ्गो परिवार दल प्रति आभार व्यक्त गर्दै जोखिमको सयमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ तर जनतासम्म सूचना पुर्याउने पत्रकारलाई न सुरक्षा कवज सहितको राहत प्याकेज घोषणा गर्ने पक्षमा उदासिन रहेको बताए । मास्क हस्तान्तरण कार्यक्रममा परिवार दलका प्रबक्ता सन्तोष पौडेल महासंका  कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।