बिहिबार, बैशाख २०, २०८१

स्थानीय निकायको विभिन्न स्थानमा कोभिड- १९को आरडीटी परीक्षणको दायरा बढदै

काठमाडौं बैशाख ४, उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेकाृ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनु भएको छ ।  डा. राजभण्डारीका अनुसार उपत्यकामा एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको जानकारी दिनु भएको छ ।

यसरी परीक्षणका लागि आउनेलाइ अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेशनको र सघन उपचार कक्षको समेत वृद्धि गरेको अस्पतालले जनाएको छ ।

यसैवीच यसक्रममा गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरेको छ भने शङ्खरापुर नगरपालिकामा ३७ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको जनाएको छ । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाले मूलपानी आलापोट र डाँछी स्वास्थ्य चौकी एवं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा यापिड डाइग्नोस्टिक टेस्टको कार्यलाइ तिब्रता दिएको छ ।

नगरपालिका काअनुसार आलापोटमा १८, थलीमा ३२ र मूलपानीमा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको थाहा भएको छ । त्यस्तै बुधवार ललिपुरको बुङ्गमतिमा आरडीटी अर्थात र्‍यापिड डायग्‍नोस्टिक टेस्ट प्रवधिबाट ५८ जना स्थानीयको परीक्षण गरिएको छ । पछिल्लो समय स्वास्थ्यमन्त्रालयका अनुसार देशैभर ८ हजार ९ सय २९ जनाको परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।