शुक्रबार, बैशाख २१, २०८१

निगमले आज देखि घुम्ती सेवामार्फत खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौ चैत १८ , नेपाल आयल निगमले आज देखि घुम्ती सेवामार्फत खाना पकाउने ग्यास वितरण सुरु गरेको छ । लकडाउनका कारण समस्यामा परेका नागिरकका लागि सेवा दिने उदेश्यले यस्तो व्यावस्था गरिएको निगमले जनाएको छ।

ग्यास नपाएको भन्ने गुनासा आएकाले तोकिएको खुद्रा मूल्य लिई घुम्ती सेवामार्फत एलपी ग्यास बिक्री वितरण सुरु गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिदै यसवीचमा पनि अति आवश्यक पर्ने उपभोक्ताले क्रमस ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्ने जानकारी दिनु भएको छ । त्यस्तै उहाँले लकडाउन अवधिभरका लागि टेकुस्थित आयल निगमको कार्यालयबाट ग्यास वितरण गरिने जानकारी दिदै निगमले अस्पताल, वृद्धाश्रम, बिरामीरअसहाय, अनाथालय, फरक क्षमता भएकालाई प्राथमिकता दिइने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।