बिहिबार, बैशाख १३, २०८१

जिप्रका काठमाडौंमा यो वा त्यो नाममा सामाजीक दुरी समेत कायम नगरी सवारी पास लिनेको लर्को

काठमाडौ चैत १८,  विश्वव्यपा कोभिड- १९ को महामारीको जोखिमलाइ दृष्टिगत गर्दै सरकारले जारी गरेको लकडाउनको आदेशका कारण अत्याआवश्यक सवारी वाहेक अन्य सवारी साधन चल्न नपाउँने भएपछि यो वा त्यो नाममा सवारी पास लिने हरुके अस्वभाविक लर्कोले अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भरिएको हाम्रा सहकर्मीले जनाएको छ ।

लकडाउनमा सवारी साधन सञ्चालनका लागि यसअअघि जारी भएको पासको समयावधी आजबाट सकिएसंगै आगामी चैत २५ गतेसम्मका लागि नया पास लिनका लागि प्रशासन कार्यालयमा देखिएको भिड आफैमा कहालिलाग्दो रहेको बताईएको छ।  यहाँसम्की लकडाउनको अबधिमा औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक अन्यलाई बाहिर ननिस्कन सरकारले आग्रह गरेपनि प्रशासन कार्यालयमा सामाजीक दुरी समेत कायम नगरी कुनैपनि रोकतोक विना पास वितरण भइरहेको हाम्रा सहकर्मीले टेलिफोनमार्फत जानकारी दिएका छन ।

यसैवीच जिल्ला प्रशासन कार्यालय काठमाडौमा सोमजवार जारी गरि टाँस गरिएको एक सूचनामा आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पासमात्रै प्रशासन कार्यालयले वितरण गर्ने गरिएको छ ।

साथै अत्यावश्यक सेवामा घरबाहिर निस्कनुपर्नेहरुका लागि सवारी पास लिन खाद्य वस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघसंस्थालाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पास जारी गर्ने त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले र सरकारी कर्मचारीले प्रयोग गर्ने सवारी साधनको पास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गर्ने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।