मङ्लबार, बैशाख ११, २०८१

कोभिड-१९ प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले के भने? ( हेर्नुस भिडियो)

एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण  :प्रवक्ता डा. देवकोटा

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा कार्कीले भने- कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न आग्रह 

काठमाडौं चैत १७ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको त्रास बढेसँगै नेपाल आएकामध्ये ४१ हजार १४० जनाको नामावली संकलन गरेको जनाएको छ । सोमबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङुमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरुको स्वास्थ्य अवस्था र क्वारेन्टाइनमा बसे र नबसेको जानकारी राख्न लिखित विवरण संकलन गरिएको जानकारी दिनुभएको हो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.17

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.17#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Montag, 30. März 2020

त्यस्तै उहाँले भाइरस संक्रमतिका परिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिको समेत स्वास्थ्य परीक्षण भइरहेको र केहीमा संक्रमण नदेखिएको जानकारी समेत दिनु भएको छ ।  साथै प्रवक्ता देवकोटाले चारओटा प्रदेशमा एक हजारथान पीपीई, १० हजार , मास्क र २० हजार ग्लोभ्स पठाइएको र चीनबाट ल्याइएको पीसीआर मेसिनु धनगडी, सुर्खेत, बुटवल र जनकपुरमा राखिएको भन्दै किट र मेसिन गुणस्तरीय रहेको जानकारी दिनु भएको छ ।

त्यस्तै वीर अस्पतालमा दुई र पाटन अस्पतालमा एकजना ज्वरोका बिरामीको मृत्यु भएको र उनीहरुको स्वाब परीक्षणका लागि टेकु पठाएको जानकारी दिदैहाल टेकु अस्पतालमा चार र पाटनमा छजना आइसोलेसन वार्डमा रहेको र प्रदेशहरुमा ९३ जना आइसोलसनकक्षमा रहेको जानकारी दिदै विभिन्न प्रदेशमा २१७ जनाको नमुना संकलन गरिएको पनि उनले जानकारी दिएक छन । त्यस्तै त्यसक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न र   अस्पतालमा मर्नेवित्तिकै कोरोनाले मरेको भन्दै गलत हल्ला नफैलाउन आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।