बिहिबार, बैशाख २०, २०८१

बम विस्फोटनको घटनामा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न प्रचण्डको माग

‘विस्फोटको जिम्मा विप्लवले  लिएसंगै भक्तपुरका जिल्ला सदस्य  गुरुङ पक्राउ

काठमाडौं फागुन २८, सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले आज विहान भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने समूहलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा बम विस्फोट जस्तो अपराधीक कार्यमा सलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण सहित यस्तो माग गनुकर्े अलावा बम विस्फोट गराउने आपराधिक घटनाको भर्त्सना समेत गरेको छ ।
यसैवीच पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोटनको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएसंगै प्रहरीले विप्लव नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य देवबहादुर गुरुङलाई पक्राउ गर्दै ।घटनाका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।