बिहिबार, बैशाख ६, २०८१

पुर्ननिर्मित मन्दिरमा शक्तिपीठ देवी कंकेश्वरीको प्रतिस्थापन

काठमाडौं फागुन २८, २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले क्षतिग्रस्त राजधानीको कामपा वडा न १९ स्थित १८४ वर्ष पुरानो मन्दिर कंकेश्वरी मन्दिरको पुनःनिर्माण पछि आज एक कार्यक्रमावीच पुर्ननिर्मित मन्दिरमा देवी कंकेश्वरीको  आवश्यक सम्पूर्ण पूजा विधि सहित प्रतिस्थापन गरिएको छ ।

धार्मिक एवम् ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व वोकेको कंकेश्वरी मन्दिरको स्थानीय क्षेत्रबाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्नु हुँने त्तकलीन संसद सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले मन्दिरको पुनःनिर्माणको  शिलान्यास गर्नु भएको  थियो    ।  प्राप्त जानकारी अनुसार पुरातत्व विभागको सहयोगमा मन्दिरको पुनःनिर्माणको लागि रु ३ करोड १२ लाखको प्रारम्भिक लागत अनुमान रहेको बताईएको छ ।

यसैवीच आगामी चैत १० गतो दिन पाहाँचह्रे जात्रा अन्र्तगत काम पा वडा न।१९ स्थित कंकेश्वरीदेवी लगायत शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली, लुमधि अजिमार तेबहाल अजिमा लागायतका विभिन्न शक्तिपीठ देवदेवीको खटजात्रा गर्ने परम्परा रहिआएको छ । प्रस्ततु जात्रालाइ दृष्टिगत गर्दै आज मन्दिरमा देवीको प्रतिस्थापन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।