शनिबार, बैशाख ८, २०८१

बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि कोटेश्वर–कलंकीको सडक खण्डमा सवारी लेनको नयाँ नियम

काठमाडौ फागुन २८,   ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन र बढ्दो सवारी सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै कोटेश्वर–कलंकीको ८ लेन सडक खण्डमा सवारी लेन प्रयोगसम्बन्धी नयाँ नियम लागू गर्न तयारी गरेको छ । आगामी चैत २ गतेदेखि लागु हुने प्रस्तुत नियम अनुसार उक्त सडक खण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू सडकको बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाँया लेनबाट मात्र चलाउ पाउँने महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले प्रस्तु नियम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको जनाउँदै महाशाखाले यसको कार्यान्वयनसंगै सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने विस्वास लिएका छन ।

पछिल्लो समय सडकमा लेन अनुशासन पालना नहुँदा सडक दुर्घटनामा बढोत्तरी रहदै आएको महाशाखाको बुझाइ रहेको छ । त्यस्तै जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगर्ने त्यस्तै जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने जस्ता प्रवृतिले दुर्घटनाको जोखिमलाइ प्रशय दिएको निष्कर्ष सहित महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरिने जानाकारी सहित यसअघि महाशाखाले यहि नियम जडिवुटी–सुर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।