बिहिबार, बैशाख २०, २०८१

२० लाखको चेक वडाध्यक्षको खातामा, कम्पनी सञ्चालकको रुवाबासी

काठमाडौं फागुन ९, ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शुरेश कुमार थापाले उपभोक्ता समितिको चेक आफ्नो खातामा हालेपछी यत्रतत्र सर्वत्र हल्लीखल्ली भएका  छन ।   गॉउपालिकाले उपभोक्ता समिति मार्फत कन्स्ट्रक्शन कम्पनीलाइ तिर्नको लागि उपलब्ध गराएको भुक्तानी रकम रु बीस लाख कन्स्ट्रक्शन कम्पनीलाइ नगरेर सोझै वडाअध्यक्ष शुरेश कुमार थापाले आफ्नो निजि खातामा २० लाख जम्मा गरेपछि कंन्ट्क्सन कम्पनीका सञ्चालक अनिल कुमार कार्कीले कानुनी कारवाहीका लागि गॉउपालिकामा उजुरी दिएको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।

त्यस्तै चम्पादेबी कै वाडनं ३,५,७ अन्तर्गत पर्ने चित्रे आत्मारा,च्यानडाडा फुलबारी हुदै दम्सेखोला जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नति का लागि आथिक बर्ष ७५र७६ मा प्रदेश सरकार को ससर्त अनुदान अन्तर्गत गॉउपालिकाद्वारा बिनियोजित रकम रु पचहतर लाख मध्ये अन्तिम किस्ता रकम रु बिसलाख थापाले झ्वाम पारेपछि उपभोक्ता समिति र कन्स्ट्रक्शन्स कंपनि मारमा परेका छन।

जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहेर पदिय दुरुपयोग गर्दै समिति को चेक कानुन बिपरित निजि खातामा जम्मा गरेर भ्रस्टचार गरेका थापाले यस अघिपनि प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालय अन्तर्गत स्वास्थ्य खेलमैदान को लागि बिनियोजित रकम रु आठ लाख अपचलन गरेकाछन।चम्पादेबी सातमा खेल मैदानका लागि बिनियोजित रकम आठलाख मध्य रु दुइलाख मा ठेक्का को काम लगाइ बॉकी रकम आफैले झ्वाम पारेपछि गॉउले जनता थापासंग आक्रोसित बनेका छन।जनप्रतिनिधि जस्तो ब्यक्तिले गरेको अनियमितता र भ्रष्टाचारको चारैतिरबाट गॉउलेले बिरोध गर्न थालेपछि थापा गॉउले जनतालाइ जबाफ दिन बाध्यभएपछि सो रकम आफुले आफ्नो खातामा जम्मा गरेको सहि हो र भुक्तानि गर्नुपर्ने ठॉउमा भुक्तानि दिसकेको जिकिर गरेका छन।तर काम गर्ने सगरमाथा कन्टर्क्सन एण्ड सप्लायर्स प्रा लि का सञ्चालक अनिल कार्की जनप्रतिनिधिले आफुले पाउनुपर्ने रकम अपचलन गरेर आफुले भुक्तानि नपाएपछि आफ्ना कामदार हरुको ज्याला दिन नसकेर रुवाबासि चलेको र कम्पनी बन्द गर्नुपर्ने परिस्थिति निर्माण भएर कानुनी उपचार का लागि गॉउपालिका आउनुपर्ने बाध्यत्मक परिस्थिति सिर्जना भएको भनि रुदै रकम भुक्तानी गराइपॉउ भनि गॉउपालिकामा थापा बिरुद्द निवेदन दिएको थाहा भएके छ ।

थापाले यस अघि २०७४।७५ र ०७५र७६ को बजेट बाट पनि उपभोक्ता समिति बाट जनता कन्स्ट्रक्शन्स कम्पनिलाइ भुक्तानी दिनुपर्ने रकम यसैगरि आफैले अपचलन गरि उक्त कम्पनिलाइ आजसम्म पनि भुक्तानी नदिएको र सो कम्पनिका सञ्चालक पनि रकम भुक्तान गरिपॉउ भनि कानुनी उपचार खोज्दै गॉउपालिकामा निबेदन दिन आइपुगेको बुझिएको छ ।   सभा,समारोह मा सुसासन र पारदर्शिता का कुरा गरेर आफुलाइ चोखो साबित गराउन खोज्ने थापाजीका हिजो गरेका बिधालय भ्रष्टाचार लगायत अन्य बिकाशका आर्थिक अपचलन र भ्रस्टचार पोकोपारेका खोलहरु मक्किएर च्यातिन थालेपछि छताछुल्ल भइ कानुनी निकायमा पुग्न थालेका छन साथै उनलाइ भोट दिएर जनप्रतिनिधि मा जिताउने जनतहरु पुर्पुरोमा हात राखेर थुक्न थालेका छन।

अठार लाख हिनामिनाको कालाकर्तुत लुकाउँन चम्पादेवी गाउँपालिकाकामा भ्रष्टाचारीले देखाए यस्तो उदण्डता

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।