शुक्रबार, चैत्र १६, २०८०

महाशिवरात्रि पर्व : बिहान तीन बजे नै चार ढोका खुल्ने ,५ वटा लाइनबाट दर्शन गर्ने व्यवस्था

काठमाडौ फागुन ९ , आज महाशिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ । विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन रहिआएको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट उल्लेख्य साधुसन्त भित्रिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्यस्तै काृषले पशुपतिनाथमा दर्शनप्रयोजनार्थ आउने भक्तजनहरूको सुविधाका लागि महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने जनाएको छ । साथै विगत दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको जनाएको छ ।  त्यस्तै पशुपति नाथको सहज दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको जनाएको छ भने दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।