आइतवार, बैशाख २३, २०८१

पूर्वप्रमद्दय नेपाल र भट्टराईविरुद्ध मुद्दा किन दर्ता नभएको हो ? लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं फागुन २,  ललिता निवासजग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्दय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

प्रस्तुत रिटको सुनवाइ गर्दै प्रन्या चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आगामी १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो।

स्मरण रहोस अख्तियारले ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको जिकिर सहित तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसंगै अधिवक्ता न्यौपानेले एकै प्रकृतिका मुद्धामा मन्त्रीलाय कारवाही हुने तर मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिइनु किमार्थ न्यायसंगत नभएको जिकिर सहित दसर्वोच्चमा रिट निवेदन दायर गर्दै पूर्व प्रम द्दय सहित जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदका सबै सदस्यविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दनिवेदन दायर गर्दै कारवाहीको माग गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।