बिहिबार, बैशाख २०, २०८१

सत्तारूढ नेकपा संसद्प्रति गैरजिम्मेवार भएको काँग्रेसको आरोप

काठमाडौ पुस २७ , नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएकोमा असहमति प्रकट गर्दै सरकार र सत्तारूढ नेकपाको संसद्प्रतिको गैरजिम्मेवार भएका आरोप लगाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि ३ महीनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न नसक्नुको सरकारको गैरजिम्मेवारी भएको उल्लेख गर्दै नयाँ सभामुख चयनका लागि प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु स्वभाविक पक्ष नभएको जिकिर गरिएको छ । ।

त्यस्तै विज्ञप्तिमा दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई सुझाव दिदै स्वयं सत्तापक्षका कारण लामो समययता सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिएको जनाउ सहित तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढदल आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

रा