शुक्रबार, चैत्र १६, २०८०

भू–मध्य सागर वायुको प्रभाव सक्रियभएसंगै हिउँदे झरीको  संभावना

काठमाडौ पुस २८,  मौसम पूर्वानुमान महाशाखाले केहि दिन यता रोकिएको वर्षा फेरि सुरु हुने संभावना औल्याएको छ । महाशाखाका अनुसार भू–मध्य सागरको वायुको प्रभाव सक्रियभएसंगै फेरि हिउँदे झरी सुरु हुने संभावना देखिएको जनाएको हो ।

त्यस्तै महाशाखाले सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै सोमबार रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुको अलावा पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावनाऔल्याउँदै सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।