आइतवार, बैशाख २३, २०८१

वालाजु – वाइपास सडक पिचका लागि स्थानीय आन्दोलित (श्रव्यदृष्य सहित)

काठमाडौ पुस ८,  वालाजु वाइपास सडक पिचका लागि गठित स्थानीय सर्घष समितिले अवको १५ दिनभित्र सडक पिचगर्ने तर्फ सरोकारवाला निकायले गम्भीरता नदेखाए त्यस क्षेत्रबाट नुवाकोट दबन्द गर्ने सम्मको चेतावनी दिएको छ ।

आज भन्दा ७ वर्ष अघि वाटो विस्तार गरिएको वालाजु – वाइपास देखि वाइसधारा सडक क्षेत्रमा वाटो विस्तार पछि पिच गर्ने काममा सम्बन्धित निकायले कुनै तत्परता नदेखाएका कारण त्यस क्षेत्रका स्थानीय दिनहुँ धुलो- धुवाँ लगायतको प्रदुषणको मारमा परेको त्यस्तै वर्षातको मौसममा हुने गरेको हिलाम्मे बाटोका कारण आकस्मिक दुर्घटना बढेको भन्दै स्थानीयले सडक पिचका लागि सरोकारवालाको ध्यानाकर्षणका लागि सर्घष समिति बनाउँदै आन्दोलित भएको हो ।

त्यस्तै सर्घष समितिले आगामी १५ दिनभित्र सडक पिच नगरिए आन्दोलनको प्रारुप फेरिने चेतावनी सहित तत्काल सडक पिच गर्न माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।