बिहिबार, चैत्र १५, २०८०

छोरालाई स्कुल पुर्‍याउन गएका बाबुको स्कुल नपुग्दै गाडीको ठक्करबाट मृत्यु

राजधानीमा बढ्यो दुर्घटनाको श्रृखला : 

काठमाडौ पुस ८, चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान सवा ६ बजे भएको दुर्घटनामा चन्द्रागिरि नगरपालिका९७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीको मृत्यु भएको हो।

केसी प्रदेश ३९०२००९ प ७६२१ नम्बरको मोटरसाइकलमा मा सवार थिए । उनी कलंकीमा रहेको एलआरआई स्कुलमा आफ्ना १० वर्षीय छोरालाई मोटरसाइकलबाट स्कूल छोड्न जाँदै गर्दा नम्बर नखुलेको ट्रकले ठक्कर दिएको बुझिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा केसीका छोरा सामान्य घाइते मात्रै भएका छन् । भने घटनास्थलमानै जिवन गुमाएका केसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको बताईएको छ । त्यस्तै दुर्घनापछि ट्रक भागेको र ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ज्ञात रहोस सोमवारपनि राजधानीको चावहिलमा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।