बिहिबार, बैशाख २०, २०८१

भक्तपुर काँग्रेसका नेता ढुङ्गेलको निधन, काँग्रेसद्दारा दु:ख व्यक्त

 

भक्तपुर पुस १, नेपाली काँग्रेसका भक्तपुरका नेता एवं तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ । मस्तिष्कघात भएपछि गत आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार रहनु भएका ढुङ्गेलको आज दिउँसो ३ः१५ बजे निधन भएको हो ।

दोस्रो संविधानसभाको निर्वाचन २०७०मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यसअघिनै पत्नी विगोगबाट पिडित स्व : ढुङ्गेलका ३ छोरा रहेका छन ।

यसैवीच नेपाली काँग्रेस मुख्यालयले पूर्व सांसद, कांग्रेस महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुंगेलको उपचारका क्रममा आज भएको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्नुभएको छ ।

त्यस्तै स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु-याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली सहित मृत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै नेता ढुङ्गेलको निधनप्रति भक्तपुर काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सहित गर्दै शोक व्यक्त गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30