बिहिबार, बैशाख २०, २०८१

पशुबलीकै कारण विश्वप्रसिद्ध बाराको गढीमाई मेला आजदेखि शुरु

विरगञ्ज मङसिर १, पशुबलीकै कारण विश्वप्रसिद्ध बाराको गढीमाई मेला आजदेखि शुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक ५ वर्षमा यो मेला लाग्ने गर्दछ ।

नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ एवम् बारा जिल्लाको सदरमुकाम कलैयाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाई मेलामा सहभागी हुन देश तथा विदेशबाट भक्तजनहरु बारा पुग्न थालेका छन् । मेला एक महिनासम्म चल्दछ । मेलाका लागि बरियारपुरको मन्दिर आसपासका खेतमा तिर्थालुहरु बस्न टहरा बनाइएका छन् ।

हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशु अधिकारकर्मीहरु र विभिन्न क्षेत्रबाट आवाज उठेपनि रोकिएको छैन । यस बर्ष पनि बलि प्रथा भने जारी रहने समितिले जनाएको छ ।

त्यस्तै पूजाका सुभारम्भमा शुभसाइत अनुसार देवीको पूजाअर्चना गरी पञ्चबलिसमेत दिइसकेपछि नेपाल र भारतका लाखौंँ भक्तजनबाट ल्याइएको राँगालगायत पशुको बलि दिइने मेला व्यवस्थापन समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।