गुठी विद्येयक गुठी मास्नका लागि नभई गुठीलाई परिस्कृत गर्न ल्याईएको सरकारका उपप्रम तथा तथा रक्षामन्त्री पोखरेलको जनाउ
काठमाडौ कार्तिक १२, आजदेखि नेपाल संवत् ११४० शुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले गरिब जनताको ऋण मोचन गरी नेपाल आफ्नै मौलिक संवत्को सुरुवात् गरेको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाइ नयाँ वर्ष अर्थात नेपालको मौलिक संंवतको स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालको आफ्नै मौलिकता बोकेको नेपाल सम्वत् ११४० सुभारम्भको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा आज राजधानीका बसन्तपरबाट नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक सङ्घसंस्थाले बिहानै -याली निकालेर नेपाल संवत्को भव्य स्वागत गरेका छन् । विभिन्न वेशभूषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी विभिन्न टोल टोलबाट निकालिएको ¥याली नगरपरिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समाहित भएको थियो ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको परिणामदायि एवम् ज्वलन्त नमूना प्रस्तुत गरेको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । हो उनै भने राष्ट्रिय विभूति शङ्खधर साख्वाःकृत नेपाल संवतलाइ विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाइ ले राष्ट्रियमान्यता प्राप्त गरेको घोषणा गर्नुभएको थियो ।
नेपाल संवत् ११४० को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले वसन्तपुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् मुलुकको पहिचानसँग जोडिएको हुँदा यसको इतिहास र गौरवलाई कायम राख्नुपर्नेमा जोड दिँदै उहाँले उक्त संवत् वैज्ञानिक र व्यवहारिक रहेको बताउँदै पछिल्लो समय कम्युनिष्टको सरकारले धर्म संस्कृति मास्नका लागि गुठी विधेयक ल्याएका भन्ने जस्ता अर्नगल प्रचार भएकोमा चिन्ता व्यक्त गर्दै वर्तमान सरकार मुलुकमा प्रचलनमा रहेको धर्म, संस्कृति र परम्परालाई संरक्षण प्रतिवद्ध भएको बताउँनु भएको छ । त्यस्तै गुठी विद्येयकमार्फत गुठी मास्नका लागि नभई गुठीलाई परिस्कृत गर्ने सोचमा सरकार रहेको जनाउ दिनु भएको छ । यसअघि प्रस्तुत कार्यक्रममा प्रम केपी ओलीले विशेष सम्बोधन गर्ने भनिएपनि उहाँको अनुपस्थितीमा उहाँको शुभकामना सन्देश वाचन गर्दै गर्दै उपप्रधानमन्त्री पोखरेलले सन्देश पत्र आयोजक समितिलाइ हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य मुल समितिका अध्यक्ष रमेश महर्जन लगायतका वक्ताले नेपाल संवतको प्रसंगमा आआफ्नो धारणा अभिव्ष्क्त गर्नु भएको थियो । कार्यक्रममा सत्तारुढदल नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ ,कामपाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी लगायतको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान