काठमाडौं असोज ९ मन्त्रिपरिषद्को असोज ७ बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सञ्चारमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सन्चारमन्त्री गोकुल बाँस्कोटाले छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सुनिश्चित भएपनि मिति भने नटुंगिएको बताउँनु भएको छ । त्यस्तै उहाँले २३ वर्ष पछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाइ सरकारले अति उच्च महत्वका सथ लिएको बताउँदै प्रस्तुत भ्रमणले दुइ देश वीचको द्विपक्षीय हित तथा सम्बन्ध थप उचाइमा पुर्याउने विस्वास व्यक्त गर्नु भएको छ ।
साथै उहाँले गत असोज ६ र ७ गते काठमाडौंमा भएको नेपाल र चीनका दुई सत्तारुढ पार्टीले पहिलोपटक संयुक्तरुपमा आयोजना गरेको विचारधारात्मक प्रशिक्षणलाइ गलत व्याख्या गर्न नहुने बताउँदै आसन्न चिनियाँ राष्ट्रपतिको भ्रमणलाइ अर्थपूर्ण बनाउँन कसरी सकिन्छ त्यसतर्फ ध्यान केन्द्रीत गर्दा राम्रो हुने बताउँनु भएको छ ।
त्यस्तै उहाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्नुको अलावा सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, एकल महिला सुरक्षा कोष सन्चालन (पहिलो संशोधन) र नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको जानकारी दिनु भएको छ ।
साथै त्यस्तै पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चन्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको जानकारी दिदै एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही रु ३ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय संगै २०७६ मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा चितवन जिल्ला, भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि समेत उपनिर्वाचन हुनेगरी मिति तोक्ने र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरेको जानकारी दिनु भएको छ ।
त्यस्तै गरि प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा संगै उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना थप गर्ने निर्णय गरेको बताउँनु भएको छ । नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय, सहरी पूर्वाधार विकास निगमको स्थापना तथा सन्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्ण संगै राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरुयोजना समेत स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान