बिहिबार, बैशाख २०, २०८१

सातै प्रदेशमा लागुऔषध पुनस्र्थापना केन्द्र स्थापना गरीने

काठमाडौ असोज १ नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सवको कार्यक्रममा वोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणको पक्षमा नेपाल सरकार र प्रहरी दुवै गम्भीर रहेको बताउँनु भएको छ ।

त्यस्तै महानिरीक्षक गलत संगतका कारण लागुऔषध दुव्यर्सनमा फसेका व्यक्तिलाई समाजमा पुनस्र्थापना गर्नकालागि नेपाल प्रहरीले सातै प्रदेशमा पुनस्र्थापना केन्द्र स्थापना गर्ने तयारी थालेको बताउँदै यसका लागि सवैको साथ सहयोगको आवश्यकता रहने बताउँुन भएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवर ,काठमाडौ महानगरपालिका–३ का अध्यक्ष दीपक केसी नेपाल प्रहरी श्रीमती सङ्घ अध्यक्ष प्रमिला खनालले समाजमा दिनानुदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै यसको लागि तत्काल कदम चाल्न आवश्यक रहेका अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।