बिहिबार, बैशाख २०, २०८१

गण्डकी प्रदेशबाट राष्ट्रियससभाका लागि नेकपाको पार्टी प्रवक्ता नारायणकाजी उम्मेदवार

काठमाडौ पुस १८, सत्तारुढदल नेकपाको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आसन्न राष्ट्रियससभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले टुङ्गो लगाएका उम्मेदवारमा क्रमस प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाललाई चयन गरेको छ । त्यस्तै प्रदेश नं २ मा नेकपाले दुई स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा) का सँग सहकार्य गर्ने सहमति संगै महिलामा तुल्सा दाहाल, दलितमा राधेश्याम पासवानलाई चयन गरेको छ ।

त्यस्तै प्रदेश नं ३ मा महिलामा गङ्गा बेल्वासे र अन्यमा वेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा पार्टीका प्रवक्ता स्वयम अर्थात नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश नं ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता/अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टलाई उम्मेदवार बनाउँने निर्णय गरेको छ । साथै कर्णाली प्रदेशमा अन्यतर्फ मायाप्रसाद शर्मा, महिलामा सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ तारामान स्वाँर र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु