शुक्रबार, चैत्र १६, २०८०

रष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आइतबार

 काठमाडौं पुसर १८, आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्म्दवारको मनोनयन दर्ता कार्यक्रम आइतबार हुने भएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाई अर्थात् १९ जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिँएका कारण निर्वाचन हुन लागेको हो ।  प्रस्तुत निर्वाचनका लागि आयोगले विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने जनाएको छ । महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५०

प्रतिशत छुट हुने तर यसको लागि औपचारिक पत्र, दलित, अल्पसङ्ख्यक वा अपाङ्गता भएका समूहबाट निर्वाचित हुने पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने जनाएको छ ।

त्यस्तै प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।