शुक्रबार, बैशाख २१, २०८१

१ वर्षका अन्तरालमा सत्तारुढदल नेकपाले वोलायो स्थायी कमिटि बैठक

काठमाडौ मंसिर २४,  करिव १ वर्षको अन्तरालमा सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठक मंसिर २९ र ३० गते बस्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ र ३० स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी मुख्यालयमा पपार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय आयोग र विभागहरुको पूर्णताका लागि प्रमुख र उपप्रमुखलाई सात दिन भित्र महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका छन ।

त्यस्तै बैठकले कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजिनामा अस्वीकार गर्दै पूर्ववत काममा फर्किन निर्देशन दिनुको अलावा बैठकले पार्टीको विधान संशोधनका लागि प्रस्ताव पेश गर्ने निर्णय सहित हाले सम्पन्न उपनिर्वाचनको समक्षिा सहित ५ दिन भित्र प्रतिवेदन पेश गर्न समेत निदेृशन दिईएको प्रवक्ता श्रेष्ठले बताए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।