शनिबार, बैशाख ८, २०८१

१३ औं सागको समापनसत्रलाइ प्रम ओलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने

काठमाडौ मंसिर २४, गत मंसिर १५ गते एक औपचारिक कार्यक्रमकावीच शुरु भएको १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को को आज समापनसत्रलाइ , प्रधानमन्त्री केपी ओलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुहुने भएको छ । प्रम ओलीको स्वास्थ्य प्रतिकुल भएका कारण कार्यक्रम समापनको अवसरमा उपस्थित हुन नसक्नेभएसंगै प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँेले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताउनुभएको भन्ने प्रम ओलीको भनाइ उदृत गर्दै प्रम ओलीले खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा समेत जानकारी दिनु भएको छ ।

त्यस्तै प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम तय भएको आजको समापन सत्रमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।