बिहिबार, बैशाख २०, २०८१

प्रशासकीय अधिकृत मातँछे श्रेष्ठ विरुद्ध मुद्दा दायर

काठमाडौ फागुन १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग रु २५ हजार घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातँछे श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आज मातँछे श्रेष्ठ विरुद्ध दायर गरेको मुद्धामा बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैवीच आयोगले आजै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पर्सा, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेड, श्रीपुर शाखा वीरगञ्जबाट कृषि ऋण मिलाइदिने बहानामा प्रअ गिरीले सेवाग्राहीसँग कृषि कर्जा लिनका लागि बैंकका कर्मचारीलाई मिलाउनुपर्छ भन्दै अब्बास मिया र गिरीले समेत रकम लिने गरेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728