बिहिबार, बैशाख १३, २०८१

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौ फागुन १९ , काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ ।

सभापति देउवाले आज एक शोक विज्ञप्ति जारी गर्दै पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाउँनुको अलावा आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै विज्ञप्त्मिा सभापति देउवाले पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु, भन्दै उहाँको परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।