आइतवार, बैशाख २३, २०८१

मिठाइमा अखाद्य पाउडरको मिसावट गर्ने सङ्गम स्टिवट्समा विभागको छापा

 काठमाडौ असोज १६, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बानेश्वर मिलन चोकमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्टिवट्स एण्ड स्न्याक्स प्रालिमा शिलबन्दी गरेको छ । 

 विभागका प्रवक्ता पूर्णचन्द्रवस्तीद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सङ्गम स्टिवट्समा विक्रीका लागि राखिएको मिठाइमा डेसिकेटेड कोकोनट पाउडर हाइड्रो नामको रसायन मिसावट गरिएको जनाएको छ ।   त्यस्तै खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले विभागले उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको सहितको सयुक्त टोलीले अनुगमनको क्रममा सङ्गम स्टिवसमा खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको फेला पारेको हो ।

साथै टोलीले मिठाइ बनाउँन प्रयोग गरिएको अखाद्य पाँच लिटर घिउ समेत नष्ट गरेका छन । विभागका अनुसार स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्नेमा घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।