आइतवार, बैशाख २३, २०८१

अमेरिकामा नेपाल भाषालाइ अदालती मान्यता

 काठमाडौं असोज १६,अमेरिकामा नेपाल भाषा प्रयोग गर्न पाउने भएको छ । अमेरिका स्थित ओरेगन राज्यको अदालतले नेपाल भाषा प्रयोग गर्न अधिकार दिएको हो । नेवार समुदायलाई नेपाल भाषा बाटै अदालतमा बयान दिने अधिकार दिएको र अदालतले दोभासे प्रयोग गर्ने जनाएको छ । यहि सेप्टेम्बर ११ देखि २३ भएको ओरेगन राज्यको व्यवसायिक दोभासेहरुको सम्मेलनमा सो प्रस्ताव पारित गर्दे माग बमोजिम अदालतले पनि सो अधिकार दिएको जनाएको छ । अमेरिकामा बसोवास गर्ने नेवार समुदायको तर्फबाट भाषाविद् दयारत्न शाक्यको पहलमा सो अधिकार प्राप्त गर्न सफल भएको जनाएको छ ।

नेवार समुदायहरु आफनै मौलिक लिपि र भाषा भएकोले अदालती समस्या आए आफनै भाषा प्रयोग गर्न पाउने मागलाइ सकारात्मक रुपमा लिदै अधिकार दिएको जनाएको छ । अब संबैधानिक अधिकार पालना गर्दे अदालतका न्यायाधिस सामु नेपाल भाषा प्रयोग गरेर आफनै भनाई राख्न पाउने भाषाविद् शाक्यले जानकारी दिनु भयो । अब अमेरिकाको अन्य राज्यहरुमा पनि यस्तो अधिकारको लागि पहल गर्ने उहाँले जानकारी दिनु  भएको प्राप्त समाचारमाउल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।