बिहिबार, बैशाख २०, २०८१

यौनजन्य अश्लील सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक

काठमाडौं असोज ५ , मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानून अनुरुप नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै जनाउ सहित सरकारले यौनजन्य अश्लील सामग्रीको सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ ।

सञ्चार मन्त्रालयका पैवक्ता रामचन्द्र ढकालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्त्मिा इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।