शुक्रबार, बैशाख २१, २०८१

उपत्यकाका नदीको छेउमा नजान निर्देशनालयको आह्वान

 काठमाडौ असोज ५ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।

निर्देशनालयले आज पत्रकार सम्मेलनमा पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएकाजनाउँदै बालबालिका तथा चौपायालाई नदी किनारमा नपठाउन आग्रह गरेको हो ।

साथै निर्देशनालयले पाइपको निर्मलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा नदीको पानी प्रयोग नगर्न, पशुपक्षीलाई पनि नदीको पानी नखुवाउन समेत भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।