बिहिबार, बैशाख २०, २०८१

महिलालाई अगाडि ल्याए मात्रै समतामूलक समाज निर्माण संभव अध्यक्ष प्रचण्ड

काठमाडौ असोज ५,  नेपालको संविधान जारी भएको ३ वर्ष पूरा भइ चौथो वर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबारस्थित नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष एवं पूर्वप्रम प्रचण्डले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताउनुभएको छ ।

संविधानमा व्यवसथा भएको समावेशी प्रजातन्त्र महिला सहभागिता संगै संघीय ससदको १० वटा विषयगत समितिमा महिला नेत्री सभापतिमा चुनिनुले पनि नेपालको लोकतन्त्रको अवस्थालाइ प्रखरित गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले मुलुकको ष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश भएको बताउँदै महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना गर्न सकिने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।