शुक्रबार, बैशाख २१, २०८१

पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम :अध्यक्ष आचार्य

काठमाडौं असोज ५ , नेपाल पत्रकार महासंघद्दारा आयोजित मिडिया कन्टेन्ट, सुरक्षा र अपराध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानुन माफर्त पत्रकारितालाई संकुचन गर्न नहुने धारणा राख्नु भएको छ ।
अन्तरक्रियामा कार्यक्रममा पत्रकारिताका विज्ञ तथा प्राध्यापक पि. खरेलले समाचारका विषयबस्तुमा विविधता हुनुपर्ने धारणा राख्नु राख्दै समाचारको स्रोत उल्लेख गर्दा समाचारको सत्यतालाई प्रमाणित गरेर मात्रै संप्रेषण गर्नुपर्ने बताउनु भएको छ ।

त्यस्तै त्रि.वी पत्रकारिता केन्द्रीय विभाग प्रमुख चिरञ्जीवी खनालले समाचार संप्रेषण गर्दा पत्रकारको व्यक्तिगत धारणा धेरै आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमा अपराध विषयमा समाचार संकलन गर्ने पत्रकारहरुले आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।