बिहिबार, बैशाख २०, २०८१

इकाइ प्रमुख सुरेन्द्रराज पराजुली विरुद्ध मुद्दा दायर

 काठमाडौ साउन २०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुली इकाइ प्रमुख पराजुलीले रु दुई लाख ८० हजार घुस लिएको अभियोग सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारद्दारा जारी विज्ञप्तिमा पराजुलीले विकास निर्माणका कार्यमा अवैधरुपमा रकम उठाई नदिएसम्म तलबभत्ता रोक्का गरिदिने धम्की दिई कार्यालयमा कार्यरत सव–इञ्जिनियरसँग घुस रकम माग्दामाग्दै पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले आजै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन कैलालीका कार्यालय प्रमुख रामनन्दन यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ । गहुँबाली चक्रको वृत्तचित्र निर्माण गर्ने कार्य सम्पन्नपश्चात् सेवाग्राहीसँग यादवले सम्झौताबमोजिमको रकमबाट ५० प्रतिशतले हुन आउने रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु