शुक्रबार, बैशाख २१, २०८१

म.प.बैठक: डा केसीसँग वार्ता गर्न सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन

काठमाडौं असार ३२ , आज बसेको मन्त्रिपरिषद बैठकमार्फत  सरकारले अनशनरत् प्राडा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय क्रमस जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेने गरि वार्ता टोली गठन गरेको छ ।  बैठक पछि सन्चारमन्त्री एवम् सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले दिएको जानारी अनुसार आजको बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि आवासीय तथा अफगानिस्तान र भुटानका लागि गैरआवासीय राजदूत एवं उदयराज पाण्डेलाई मलेसियाका लागि आवासीय राजदूतमा सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै सरकारले अवउपरान्त श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत् सन्चालन गर्ने निर्णय गर्दै यस सम्बन्ध आवश्यक व्यवस्था गर्न निर्देशन समेत जारी गरेको छ । साथै सरकारी स्वामित्वमा रहेका संस्थान, समिति, परियोजना, प्रतिष्ठान तथा मातहत निकायमा साउन १ गतेदेखि लागू हुने गरी बैंकिङ प्रणाली सुरु गर्ने भएको छ भने भूकम्पप्रतिरोधी विद्यालय निर्माण परियोजनाका लागि एसियाली विकास बैंकबाट १६ करोड ३९ लाख अमेरिकी डलर ऋण तथा अनुदान सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्री वास्कोटाले जानकारी दिनु भएको छ ।

मन्त्री वास्कोटाका अनुसार आजको  बैठकले राजश्व न्यायाधीकरण काठमाडौंका अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाल नियुक्त गर्नुको अलावा विद्युतीय राहदानी जारी गर्न र आमसन्चारसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।   मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय र प्रदेशमा पनि मन्त्रालयको संगठन संरचनासम्बन्धी प्रस्ताव पारित गरेको छ । बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयको नियमन एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको मन्ट्रियल महासन्धिमा सम्मेलनका लागि संघीय संसदमा पेस गर्ने लागयतका थप विभिन्न निर्णयहरु गरेका छा ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।