शुक्रबार, बैशाख २१, २०८१

दुई लाख ८० हजार घुस रकमसहित प्रमुख पराजुली पक्राउ

काठमाडौं असार ३२,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई दुई लाख ८० हजार रुपैयाँ घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।

अख्तियारद्दारा आज जारी विज्ञप्तिमा पराजुलीले सेवाग्राहीसँग दुई लाख ८० हजार रुपैयाँ घुस लिदैगर्दा रकमसहित बुटवलस्थित क्षेत्रीय कार्यालयको टोलीले सोमबार कार्यालयबाटै नियन्त्रणमा लिएको उल्लेख गर्दै पक्राउ पछि कारवाही सुरु गर्दै थप अनुसन्धान कार्य सुरु गरिएको जनाएको छ ।