शुक्रबार, बैशाख २१, २०८१

संसद् बैठकमा प्रतिपक्षी दल काँग्रेसको अवरोध ,बैठक ३ गते सम्मका लागि स्थगन

काठमाडौ असार ३२,   प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका छन । काँग्रेस सासंदहरुले बैठकमा डा केसीको माग सम्बोधन गरी उहाँको जीवन रक्षाका लागि पटक÷पटक आवाज उठाउँदा पनि सरकार गम्भीर बवनेको भन्दै विरोध गर्नथालेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक आधा घण्टाका लागि स्थगन गर्नुभएको थियो ।

स्थगन प्रतिनिधिसभाको बैठक आधा घण्टापछि बस्दा पनि काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक आगामी साउन ३ गते दिउँसो १ बजे गरी स्थगन भएको छ ।

यसअघि काँग्रेस सासंदहरुले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसदमा डा केसी काँग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठउनु दुःखद् भएको जनाउ दिदै डा केसीको मसर्थनमा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ष्सअर्थमा तत्काल डा केसीको माग सम्बोधन हुनुपर्ने कााग्रेसको जिकिर रहेको गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।