बुधबार, बैशाख १९, २०८१

नेपाल्स चबि मोडल २०१८ ताज जिनालाइ

 काठमाडौ साउन ७, जिना राजकर्णिकारले सिद्दि मिडिया प्रालिद्दारा नेपालमानै पहिलो पटक  क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाइ उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले आयोजित नेपाल्स चबि मोडल २०१८ दोस्रो सिजनको बिजेता बन्न सफल भएकी छिन । राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको नेपाल्स चबि मोडल २०१८ प्रतियोगिताका सहभागी ८ जना प्रतियोगीलाई पछि पार्दै जिनाले उक्त ताज जित्न सफल भएकी हुन ।

  त्यस्तै प्रतियोगितको फर्स्ट रनरअप सुनिधि कार्की र सेकेण्ड रनरअपको उपाधी भने सोसियल ताम्राकारले हात पार्न सफल भएका छन। त्यसैगरी मस्ट पपुलरको ताज सच्चु गुरुङले जित्न सफल भएकी थिइन् । 

 पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने लक्ष्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१८ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भब्य तबरले सम्पन्न गरिएको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी सुर्य चन्द, चलचित्र निर्देशक समाज नेपालको अधक्ष्य सुचित्रा श्रेष्ठ समाजसेवी कृष्ण देबकोटा, संचारकर्मी सन्जिब झा, संचारकर्मी जिना ताम्राकार रहेका थिए   । प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडलका बिजेताद्वय आशिष कुमार मिश्रले गरेका थिए भने कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर आस्विनी झाले गरेका थिए ।

Published on: Jul 23, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु