बिहिबार, बैशाख २०, २०८१

आज साउनको पहिलो सोमबार, शिव मन्दिरमा महिलाहरुको घुईचो, आजैबाट बोलबम मेला शुरु

 काठमाडौ साउन ७ , आज साउन महिनाको पहिलो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ ।  यसैवीच साउनको सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  बिहान ३ बजेदेखि नै पिंगलास्थान, गौशालाचोक र उमाकुण्डबाट लाम लाग्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्नेछन्, दर्शनार्थीले छिटो पूजा एवं दर्शन गरेर फर्कन सक्ने गरी सबै व्यवस्था मिलाइएको कोषले जनाएको छ।

 आजको दिन नेपाली हिन्दू महिलाहरुले साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

त्यस्तै आजको दिन देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ ।काठमाडौको पुशपतिनाथ, पर्वतको गुप्तेश्वरलगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लागेको छ । आजबाट शुरु भएको बोलबम मेलाको अबसरमा शिवलिङ्गमा जल चढाउन देशका विभिन्न स्थान र भारतबाट भक्तजनहरु पुगेका छन् । प्रत्येक साउने सोमवारका दिन जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका रहिआएको छ ।

Published on: Jul 23, 2018 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु