बुधबार, बैशाख १९, २०८१

आज विविध कार्यक्रम सहित ४०औं पुष्पलाल स्मृति दिवस मनाइदै

  काठमाडौ साउन ७ , दाजु गङ्गालालले भाइ पुष्पलाललाई माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भन्दै दिनु भएको प्रेरणाको शव्दले प्रभावित हुँदै राजनीतिमा प्रवेश गरेका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठ यसअघि पुष्पलाल कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएका  श्रेष्ठको  आज  ४० औँ स्मृति दिवस देशभरि विभिन्न कार्यक्रम सहित मनाइँदैछ ।

 २०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो। काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा९गराउँदै ०३५ साल श्रावण ७ गते आजैका दिन निधन भएको थियो  ।

 स्मृति दिवसको अवसरमा आज बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम सहित दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको छ ।    प्रस्तुत स्मृतिसभालाइ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

Published on: Jul 23, 2018 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु