शुक्रबार, बैशाख २१, २०८१

मरिच तस्करी प्रकरणका ना���के अग्रवाल पक्राउपछि जेल चलान

 काठमाडौं असार ८, राजश्व अनुसन्धान विभाग काठमाडौले उद्योगपति सञ्जय अग्रवाललाई पक्राउ गरेको छ । विभागका अनुसार मरिच तस्करीको छानविनको क्रममा वीरगञ्ज भन्सार नाकाबाट एक ट्रक मरिच भारत पठाउन लाग्दा पर्सा प्रहरीले बरामद गरेको मरिच र चालकमाथिको छानविनपछि सुरु गरिएको कारबाहीको क्रममा व्यापारी अग्रवाल अनुसन्धानको दायरामा आएको जनाएको छ ।

 त्यस्तै विभागका अनुसार अग्रवालले छाला निकासी भन्दै मरिच तस्करी गर्दै आएको र यसको लागि वीरगञ्जसहित आसपासको जिल्लालाइ  प्रमुख केन्द्रविन्दु बनाउँदै आएको रहस्य खुलेको थियो ।     त्यस्तै विभागले  मरिच तस्करी प्रकरणको कारवाहीको क्रममा गरेको छानविनको अग्रवाल दोषी पाइएपछि उनीसँग विहिवार साँझ ५ बजे धरौटीको रकम रु ३ करोड ७६ लाख ८० हजारसहित विभागमा हाजिर हुन बोलाएको थियो । तर धरौटीवापतको रकम बुझाउन नसक्दा उनलाई पक्राउ गरी जेल चलान गरिएको र अग्रवाल हाल नख्खु जेलमा मा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताए । उनलाई हाल नख्खु जेलमा राखिएको छ ।

प्रकरणमा मुछिएका भन्सार एजेण्टका प्रतिनिधि दिलीप श्रीवास्तव र विरेन्द्र यादवलाई समेत पक्राउ गरी अनुसन्धानका लागि विभागमा उपस्थित गराइएको छ । बयान दिन वीरगञ्ज भन्सारमा पुगेका श्रीवास्तवलाई सोमवार भन्सारबाटै पक्राउ गरिएको थियो । ट्रकका चालक यसअघि नै हिरासतमा रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।