शुक्रबार, बैशाख २१, २०८१

यस्तो छ सरकारको दुइ तिहाइको दम्भ र मुलुकका तमाम चुनौतीहरुको सामना गर्न एकताबद्ध भै सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

 काठमाडौं असार ८ ,  नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको हेटौंडा भेला २१ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ ।   घोषणापत्रको सुभारम्भमा नेपाली जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै जीवन उत्सर्ग गर्नुहुने महान योद्धाहरू एवं नेताहरु वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुप्रति गौरव गर्दै  पछिल्लो कालखण्डमा नेपाली काँग्रेसले दोश्रो जनआन्दोलन ०६२/ ०६३, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माण र संविधानसभाको निर्वाचन गर्न सफल नेतृत्व प्रदान गरेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै नेता गिरिजा प्रसाद कोइरालाप्रति सम्मान सहित स्मरण एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गरि राष्ट्रिय आवश्यकतालाई सम्वोधन गर्ने कार्यमा नेतृत्व प्रदान गर्नुहुने  नेता सुशील कोइराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरिएको छ।

त्यस्तैगरि घोषणापत्रमा संविधानको कृयाशीलता सुनिश्चितता गर्न सफल पार्टी सभापति एवं तात्कालीन प्रधानमन्त्री श्री शेरवहादुर देउवालाई हार्दिक धन्यवाद व्यक्त गर्दछ । सात दशक भन्दा लामो बलिदानी पूर्ण संघर्ष र संविधानसभा मार्फत संविधान निर्माण एवं यसको कार्यान्वयन गर्न नेपाली कांग्रेसले प्रदान गरेको सफल नेतृत्व तथा मूलुकमा उदार लोकतान्त्रिक मूल्य मान्यता स्थापना गर्न प्राप्त आफ्नो राजनीतिक विजय प्रति गौरव गर्दै आगामी दिनमा नेपाली काँग्रेस पार्टीको संगठन थप सबल, सदृढ, आधुनिक एवम् प्रभावकारी बनाउने जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेलाले अठोट गरिएको जनाएको छ ।

भेला पछि जारी घोषणा पत्रमा दुइ तिहाइको दम्भमा बुरुकबुरुक  हुँदै सरकारले प्रेस, न्यायालय, गैरसरकारी संस्था, कर्मचारी प्रशासन लगायत विभिन्न क्षेत्रमा हस्तक्षेपकारी नीति सहित सर्वसत्तावाद लाद्ने मानसिकता सहित कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न , राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक , ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया, मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद९उन्मूख रहेको प्रष्टछ । अतस् लोकतान्त्रिक गणतन्त्र, संघियता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा ब्यबसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली काँग्रेसले दृढतापुर्वक उभिने प्रण गर्दै मुलुकका तमाम चुनौतीहरुको सामना गर्न एकताबद्ध भै सशक्त ढंगले अघि बढ्ने संकल्प सहितको उद्घोष गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।