काठमाडौ असार ८, नेपालमै पहिलो पटक नृत्य विधामा एकल कार्यक्रम सम्पन्न भएको छ। आइतबार राजधानीस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा युवा नृत्यकार स्वजन रघुवंशीको एकल साँझ’ आयोजना गरिएको हो । नमस्कार नृत्यबाट एकल नृत्य साँझको आरम्भ गरेका कलाकार रघुवंशीले लोक नृत्यको साथै कथक र भरतनाट्यमको नमस्कार र कार्तिक नाचको द्यः ल्हाये नृत्य सहित गुरु, मातापिता, इष्टदेव, नाटेश्वर, वाद्यवादक, जल, वायू, पृथ्वी, अग्नि, आकाश, दर्शक, कर्मभूमि सम्पूर्णलाई वन्दना गरेका थिए ।
त्यसलगत्तै भारतको इलाहावाद विश्वविद्यालयबाट कत्थक नृत्यमा गोल्ड मेडल प्राप्त गरेका नृत्यकार रघुवंशील करीब ४०० वर्ष पुरानो ऐतिहासिकता वोकेको कार्तिक नाच अन्तर्गतको उषाहरण लीलाको कुमार नृत्य जुन नृत्य ‘विश्वको सवैभन्दा प्राचीन वियोगान्त नृत्यको रुपमा गिनिज बुकमा ग्रीकको ट्र्याजिक डान्ससंग फर्मलाई लिइए नृत्य प्रस्तुत हुँदा दर्शक निकै रमाएका थिए ।
त्यस्तै कलाकार स्वजनले चर्या नृत्य अन्तर्गतको अत्यन्त गोपनिय अर्थात नृत्य मानिएको पंचकपाल नृत्य प्रस्तुत गरेका थिए । त्यस्तैगरि मादलको तालमा झ्याउरे नृत्य भरतनाट्यम नृत्य पाश्चात्य नृत्य र कलाकार कृपा बज्राचार्यले साथमा साल्सा डान्स समेत प्रस्तुत गर्दै दर्शकलाई मुग्ध बनाएका थिए । कृष्णले कालिया नागको दमन गर्ने कथा समेटिएको कत्थक नृत्यमा त स्वजन लगातार १८ मिनेट नाचे । अन्तिममा संसारभरीका सबै आमालाई श्रद्धा र आदर प्रकट गर्दै स्वजनले आमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रस्तुति सम्पन्न गरे । आमा नृत्य सम्पन्न हुँदा कलाकार स्वजन रघुवंशीकै माता कृष्णशोभा रघुवंशीको मंचमा आगमनपछि माहौल भावुक बनेको थियो ।
नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजय शर्माले कलाकार वा कला क्षेत्र देशको गहना मात्र नभएर राज्यले कला क्षेत्रलाई पाँचौ अंगको रुपमा परिभाषित नगरेसम्म कला क्षेत्रको समुचित विकास हुन नसक्ने कुरामा जोड दिनुभएको उक्त कार्यक्रममा नृत्य निर्देशक हनी श्रेष्ठले एकै व्यक्तिले गाएर अथवा बजाएर एकल साँझ गर्नुभन्दा नृत्यमा एकल साँझ गर्नु निकै गा-हो रहेको बताउनुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान