बिहिबार, बैशाख २०, २०८१

नक्कली प्रमाणपत्रधारी शिक्षिका बन्जारा र प्रनानि बुढाथोकीविरुद्ध मुद्धा दायर

काठमाडौ असार ६ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शान्ति निकेतन माध्यमिक विद्यालय, सिपाडोल, भक्तपुरमा कार्यरत प्रावि शिक्षिका सीताकुमारी बन्जारा विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली भएकाले छानविन गरी आवश्यक कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा छानविन गर्ने क्रममा शिक्षिका सीताकुमारी बन्जारले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको हाइस्कुल तहको, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिइ हालसम्म कार्यरत रही लाभ समेत लिएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगघारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

त्यस्तै नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक रमेश बुढाथोकीले शैक्षिक योग्यताको प्रमाणपत्र समेतको छानवीनको क्रमम निजले विहार इन्टमेडिट शिक्षा काउिन्सल परिषद पटनाबाट जारी नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरी कार्यरत रहेको पाइएकोलाइ पनि प्रचलित भ्रष्टाचार निवारण ऐन, बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी सहित विशेष अदालत मा मुद्धा दायर गरिएको छ ।

यसैवीच आयोगले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाइ पाँच हजार घुसवापतको रकम लिइसकेको अवस्थामा आज पक्राउ गर्दै अनुसन्धान सुरु गरेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।